arrow

ओली भन्छन् - गर न त छानबिन, अनि जाऊ आफैँ जेल [भिडियो]

गिरीबन्धु, यति,ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न ओलीको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
oli-chunauti.jpg

काठमाडौं ।  आफ्ना नाम जोडिएका सबै भ्रष्टाचार काण्डमा छानबिन गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चुनौती दिएका छन् । ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् । 

सत्तारुढ दललाई भ्रष्टहरूको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरू आफैँ जेल जाने जिकिर समेत गरे । उनले भने,' विरोधीहरूले पहिले पनि यति होल्डिङ्स भने, हामीले भनी राखेका छौं– गर न त छानबिन । त्यस बेलादेखि अहिलेसम्म भनिराखेका छौं । के यति होल्डिङ्स, यती होल्डिङ्स भनेर कराई राखेको । बाइडबडी छानबिन गर, अनि जाऊ आफैँ जेल ।' 

उनले थपे 'अस्तिसम्म ललिता निवास, ललिता निवास भन्दै थिए, अहिले कस्तो भागाभाग छ । कोही यताको ढोकाबाट, कोही उताको ढोकाबाट । हामीलाई भन्दै थिए त ललिता निवास, ललिता निवास । गर न छानबिन ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ