arrow

नगरप्रहरीलाई बालेनको यस्तो निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
balen-saha.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । 

उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे । उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरे । प्रमुख साहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताए । 

उनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए ।

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआईकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गरे । 

उनले भने,' नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआईकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ । यहाँहरूले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ । सहकार्यमा काम गर्न सक्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ