arrow

आन्तरिक विवादको भूमरीमा नेकपा एस

स्वार्थले जोडिएका माधव र झलनाथ बीचको विवाद उत्कर्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
madhav-jhalanath-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमालेबाट विभाजित भएको दुई वर्ष नपुग्दै नेकपा एकीकृत समाजवादी पार्टीमा नेताहरूबीच विवाद उत्कर्षमा पुगेको छ । पार्टी महाधिवेशन र पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमै मतभेद भइ विवाद उत्कर्षमा पुगेको हो । 

पार्टीको महाधिवेशनमा समझदारी जुट्न नसक्दा राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ । साथै महाधिवेशनअघि प्रस्तुत हुनुपर्ने राजनीतिक प्रतिवेदनको विषयमा पनि सहमति जुट्न सकेन ।

 ‘अध्यक्षको प्रतिवेदनमा प्रधान शत्रु कसलाई मान्नेमा अन्योल छ, पार्टी निर्माणको कुरा गरिएको छ । तर कुन कुन समूहलाई लक्षित हो भन्ने अहिलेसम्म लक्षित वर्ग तोकिएको छैन । सरकार र मोर्चा गठनबारे पार्टीमा विवाद छ समाधान खोजिएको छैन’, सचिवलाय बैठक सकिएपछि एक पदाधिकारीले भने । 

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी माघ ५–७ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । तर ३ महिने अभियानकै बेला महाधिवेशनको तयारी गर्न सम्भव नहुने सम्मानित नेता झलनाथ खनाल लगायतले विषय उठाएपछि बैठक कुनै ठोस निर्णय नगरी एमसीसी कार्यान्वयनको अनुगमन गर्ने भन्दै उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा कार्यदल बनाएर टुंगिएको थियो । जबकि एमसीसीको पक्षमा माधव नेपाल स्वयं उभिएका छन् । 

झलनाथ खनालले भने एमसीसीको विरोध गर्दै आएका छन् । पार्टी र बाहिर दुवै फोरममा उनले विरोध गरेका छन् । यतिबेला एसका पदाधिकारीहरु पनि एमसीसीको पक्षमा छैनन् । त्यही कारण उनले व्याख्यात्मक टिप्पणी कार्यान्वयन भए नभएको र कार्यान्वयनको पक्षमा कस्तो रहेको छ भनेर अनुगमन गर्ने भनेर पाण्डेलाई जिम्मा लगाइएको हो ।

माधव नेपाल विदेश भ्रमणमा रहेका बेला ललिता निवास जग्गा प्रकरणमा माधवले गल्ती गरेको भए हत्कडी लगाउनु पर्छ भन्ने अभिव्यक्ति दिएका पाण्डेलाई एमसीसी अनुगमनको जिम्मा दिएका छन् । 

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकपछि पाण्डेको संयोजकत्वमा अनुगमन समिति बनेको बताएर औपचारिकता पूरा गरेका थिए । अरु विषयमा पछि कुरा गर्ने भन्दै पन्छिएका थिए । ‘उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा एमसीसी अनुगमन समिति बन्यो, अरु विषयमा पनि छलफल भएको छ’, प्रचार विभाग प्रमुख खतिवडाले भने । 
 
नयाँ पार्टी, पुरानै प्रवृत्तिमा चलेका कारणले पनि एसभित्र अझै विवाद रहेको पार्टीका नेताहरुले बताइरहेका बेला महाधिवेशनको मितिमै कचकच परेर सचिवालय बेठकमा अवरोध भएको थियो । 

एमालेबाट छुट्टिएको दुई वर्ष बित्दा नबित्दै एकीकृत समाजवादीभित्र गुटबन्दी शुरु हुँदा अहिले रामकुमारी झाँक्रीहितको एउटा टोली निरन्तर एमालेसँगको सम्पर्क सम्बन्धमा रहेको छ । 

झलनाथ खनालले अध्यक्ष नेपालको कार्यशैली, नेतृत्व र विचारप्रति प्रश्न उठाउँदै पार्टी कमिटीमै लिखित दस्तावेज पेस मात्र गरेका छैनन् उनले कार्यशैली र सैद्धान्तिक विषयमाथिसमेत आफ्नो धरणा स्पष्ट रहेको बताएका छन् । 

एमालेकालमै पनि नेपाल र खनालबीच खासै निकटता थिएन । तत्कालीन नेकपामा केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीले पुष्पकमल दाहाल प्रचण्ड, नेपाल र खनाललाई एक ठाउँ ल्याइपुर्याएपछि स्वार्थले एक ठाउँ जोडेको हो । तर नेकपा एसभित्र देखिएको विवादले दुवै नेताहरुलाई एकसाथ एकै ठाउँमा राख्छ कि राख्दैन भन्ने आंशका जन्माएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ