arrow

मेची महाकालीबाट सङ्ग्राम शुरु गर्ने झलनाथको चेतावनी [भिडियो]

कांग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति नमान्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
jhalnath-04-12.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  सम्मानित नेता खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनै पनि सहमति सैह्य नहुने बताए । 

उनले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरूले मेचीदेखि महाकालीबाट सङ्ग्राम शुरु गर्ने बताए । खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरूले खेलाँचीको विषय बनाउन नहुने बताए ।

उनले भने, ‘अहिलेसम्म यी दुई वटा पार्टीले गरेको तथाकथित सहमति खै कहाँ आयो त यो ? संसदमा पनि ढाँटिएको छ हेर्नुस् । संसदभित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रस्तुत गर्न सकिएन ? ती पार्टीहरूले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले नौ बुँदे भन्दैछन् । नौ बुँदे हो कि १५ बुँदे हो कि ? के थाहा हामीलाई । खै सही गरेको सहमति पत्र ? हामी त्यो चाहन्छौ । नेपाली जनता त्यो हेर्न चाहन्छन् । अनि यो संशोधन गर्ने हो भने के मा संशोधन गर्ने ? यो संविधान संविधान सभाले बनाएको हो । कसैको निगाहाले बनाइएको होइन । दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन । संविधान सभाले बनाएको हो । र संविधान सभाको म्यान्डेटलाई अभिव्यक्ति नगर्ने कुनै पनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन । संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन । दुई वटा पार्टीले आफ्नो सत्ता स्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ? होइन त्यस्तो कुरा । त्यसकारणले हामी त्यो कुरालाई मान्दैनौँ । त्यसमाथि भनिन्छ के भन्दा खेरी यो समानुपातिक चाहिँ समाप्त गर्ने रे । साँच्चै हो यो ? आउनुपर्यो‍ । साँच्चै हो भने यो दुई वटा पार्टीको अधिनायकत्वको विरुद्ध अब मेचीदेखि महाकालीबाट सङ्ग्राम शुरु हुन्छ हेर्नुस् । यो साना, साना विभिन्न समूह, जाति, समूह, क्षेत्र आदिलाई प्रतिनिधित्व गराउनका लागि हामीले ल्याएको यो समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीले कमजोर, साना, पिछडिएका समूहरुको हितलाई प्रतिनिधित्व गरिरहेको छ । त्यसकारण यो लोकतन्त्रको पनि बडो मार्मिक कुरा हो । यो त पुँजीपतिहरुले एउटा अपोजिसन, एउटा सत्ता चाहन्छ । यही चत्रको आधारमा पूजीवादलाई बचाउन खोजिएको छ । अब समाजवादले त्यो कुरालाई सहन गर्दैन । समाजवादले अब त्यस्तो कुरालाई मान्दैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ