arrow

झलनाथको गुनासो- ओली भष्मासुर भएर निस्किए [भिडियो]

ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
jhalanth-khanal-03-22.jpg

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् । सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप पनि लगाए ।

उनले दुई तिहाइ कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसद्लाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे । उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए ।

खनालले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पुर्‍याई सकेका थियांै । जुन नेकपामा पुर्‍याउँदै खेरी १० लाख पार्टी सदस्यहरू हामी थियौँ । संघीय संसद्मा हामी करिब दुई तिहाइ बहुमतमा थियौँ । र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ । र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ । देश बाममय बन्दै गइरहेको थियो । तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौँ, उनी निस्किए–भष्मासुर । यो भष्मासुरको कारणले गर्दा खेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थीतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो । र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसद्लाई विघटन गर्ने काम भयो । जसले गर्दा खेरी नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरू भयो । जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ । यो विखण्डन र विभाजनकै परिणाम स्वरूप हामीले पनि त्यो गलत कुरा विरुद्ध विद्रोह गर्नुपर्‍यो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ