arrow

भारतले गर्‍यो नापीचन्द्र महाबिहारको पुनर्निर्माण [भिडियो]

नेपालका सांस्कृतिक सम्पदा दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर : राजदूत श्रीवास्तव, सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने :चिरिबाबु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
india-nepal-rajdut.jpg

काठमाडौं ।  भारत सरकारको वित्तीय सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको पुनर्निर्माण पछि उद्घाटन गरिएको छ ।  

सोमबार एक कार्यक्रमको आयोजना गरी भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय ट्रस्टको प्राविधिक सहयोग तथा नेपाल सरकार र सहकारी विकास मन्त्रालय लगायतका सरकारी निकायहरूको सहयोगमा ललितपुर महानगरपालिका ११ ईखाछेंस्थित नापीचन्द्र महाबिहारको उद्घाटन भएको हो । 

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदाको रक्षा भनेको  दक्षिण एसियाकै साझा सांस्कृतिक धरोहर भएको बताए । उनले नेपाल र भारतबीचमा संस्कृतिको सम्बन्धलाई थप बिस्तार गर्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको कामलाई अझै बिस्तार गर्नुपर्ने बताए । उनले काठमाडौं उपत्यकामा पुनर्निर्माण भएकामध्ये पिम्बाल पोखरीलाई धेरैले रुचाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ