arrow

एमालेभित्र विस्फोट हुन्छ[भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
jhalnath.jpg

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन् ।  

बुधवार नेपाल आदिवासी जनजाति महासङ्घ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र विस्फोट र विद्रोह हुने बताए । 

उनले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने बताए । उनले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट विद्रोह हुने उल्लेख गरे । 

उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने बताए । उनले एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ