arrow

गौ वंश हत्याको विरोधमा शान्ति र्‍याली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
against-cow-family-killed-2080-05-24 (16).jpg

पाल्पा । पाल्पाको तानसेनमा गौ वंश हत्याको विरुद्धमा शान्ति र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दू महासंघ पाल्पा र ओमकार परिवारको संयुक्त आयोजनामा निकालिएको विरोध र्‍यालीले तानसेन बजारका विभिन्न स्थानमा परिक्रमा गरेका थिए । 

धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्‍याली आयोजना गरिएको विश्व हिन्दू महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए । 

र्‍यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाउँदै प्रशासन कार्यालय अगाडि कोण सभा गरेका थिए ।

देशमा गौ हत्या अन्त्य, गौ हत्या सम्बन्धी बनेको संवैधानिक कानूनको पूर्ण पालना, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने लगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण र्‍याली गरिएको हो।
 

against-cow-family-killed-2080-05-24 (1).jpg
against-cow-family-killed-2080-05-24 (2).jpg
against-cow-family-killed-2080-05-24 (3).jpg
against-cow-family-killed-2080-05-24 (4).jpg
against-cow-family-killed-2080-05-24 (5).jpg
against-cow-family-killed-2080-05-24 (6).jpg
against-cow-family-killed-2080-05-24 (7).jpg
against-cow-family-killed-2080-05-24 (8).jpg
against-cow-family-killed-2080-05-24 (9).jpg
against-cow-family-killed-2080-05-24 (10).jpg
against-cow-family-killed-2080-05-24 (11).jpg
against-cow-family-killed-2080-05-24 (12).jpg
against-cow-family-killed-2080-05-24 (13).jpg
against-cow-family-killed-2080-05-24 (14).jpg
against-cow-family-killed-2080-05-24 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ