arrow

नेम्वाङको अन्तिम संस्कारका दिन सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
rekah-subash-death.jpg

काठमाडौं ।  सरकारले संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्र्णय गरेको छ ।  मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । 

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको बताइन् । अन्तिम संस्कार गर्ने दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने भन्ने निर्णय भएको उनले बताइन् । 

उनले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै स्व. नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसाथ गर्न सक्नु नै उनप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास सरकारको रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ