arrow

च्यासलमा नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगे शेरबहादुर, बाबुरामसहित नेताहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
nemwang-farewell-deuba.jpg

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ । 

पार्टी कार्यालयमा पुगेर पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरे । 

साथै अन्य दलका नेता कार्यकर्ता पनि च्यासल पुगेर श्रद्धाञ्जली दिएका छन् । 

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । प्रतिनिधि सभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।

उनको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनका दुई छोराहरु विदेशमा रहेकाले स्वदेश फर्केपछि मात्र बुधबार अन्तिम संस्कार गरिने जनाइएको छ । 

अष्ट्रेलियामा रहेका उनका कान्छा छोरा भोलि बिहान र जेठा छोरा बेलायतबाट भोलि साँझसम्म आइपुग्नेछन् । 

nemwang-2080-05-26=farewell (1).jpg
nemwang-2080-05-26=farewell (2).jpg
nemwang-2080-05-26=farewell (3).jpg
nemwang-2080-05-26=farewell (4).jpg
nemwang-2080-05-26=farewell (5).jpg
nemwang-2080-05-26=farewell (6).jpg
nemwang-2080-05-26=farewell (7).jpg
nemwang-2080-05-26=farewell (8).jpg
nemwang-2080-05-26=farewell (9).jpg
nemwang-2080-05-26=farewell (10).jpg
nemwang-2080-05-26=farewell (11).jpg
nemwang-2080-05-26=farewell (12).jpg
nemwang-2080-05-26=farewell (13).jpg
nemwang-2080-05-26=farewell (14).jpg
nemwang-2080-05-26=farewell (15).jpg
nemwang-2080-05-26=farewell (16).jpg
nemwang-2080-05-26=farewell (17).jpg
nemwang-2080-05-26=farewell (18).jpg
nemwang-2080-05-26=farewell (19).jpg
nemwang-2080-05-26=farewell (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ