arrow

माधव पुगे च्यासल, नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
subash-nemwang-madhavkumar-nepal-2080-05-26.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेको पार्टी मुख्यालय च्यासल पुगेका छन् । 

उनी ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा पुगेका हुन् । त्यहाँ पुगेर उनले संविधानसभाका अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे । 

पूर्व प्रधानमन्त्री नेपालले दुई वर्षअघि एमाले फुटाएर नेकपा एस गठन गरेका थिए । त्यसपछि उनी एमाले मुख्यालयमा पुगेको यो पहिलो पटक हो । 

नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीर एमाले मुख्यालयमा राखिएको छ । 

उनका दुई छोरा विदेशबाट आएपछि भोलि साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । सरकारले अन्तिम संस्कारका दिन सार्वजनिक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ