arrow

नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगे सबै शीर्ष नेताहरू [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
nembang-condolence-prachanda.jpg

काठमाडौं ।  संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिन सबै शीर्ष नेताहरू एमाले मुख्यालय च्यासल पुगेका छन् ।   

नेम्वाङप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सांसदहरूले  अन्तिम श्रद्धाञ्जली दिएका गरेका छन् ।

यसअघि एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । संविधान सभा अध्यक्षको रूपमा उनले नेपालको संविधान निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा हुने गरेको छ ।  

नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिव शरीर एमाले मुख्यालयमा राखिएको छ । उनका दुई छोरा विदेशबाट आएपछि भोलि साँझ राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । सरकारले अन्तिम संस्कारका दिन सार्वजनिक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ