arrow

तीनकुने हत्या प्रकरणमा पक्राउ परेका राई रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
killed-in-tinkune-2080-05-30 (15).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा सामूहिक हत्या प्रकरणमा पक्राउ गरेका दीपेन्द्र राईलाई प्रहरीले रिहा गरेको छ । 

हत्यामा उनको कुनै सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

उनका अनुसार उक्त हत्या प्रकरणमा राईको कुनै सम्लग्नता नदेखिएपछि उनलाई रिहा गरिएको हो ।  घटनामा प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे घर भइ हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो । 

गएको शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेल तथा उनीकी पत्नी अम्बिका भुजेल र आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ