arrow

सामान्य विवादमा कुटेर साथीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
hatya-murder.jpg

लुम्बिनी । स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । 

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । 
तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरुबीच विवाद भएको थियो । 

त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए । 

हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तर प्रहरीले थप विवरण खुलाएको छैन । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ