- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा गइरहेको बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा बोल्दै शिवाकोटीले नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको बताएका हुन् ।
उनले देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको भिड दिन दिनै देख्दा आँखा रसाउने गरेको बताए । उनले यसरी पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि 'नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?' भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
उनले कार्यसमितिको बैठकमा भनेका छन् , 'उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला हामी जुन मनोविज्ञानका साथ अघि बढेका छौ । आज हरेक राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा छ । नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको छ । आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले १२ कक्षा पास गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन् । विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भीड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् । विमानस्थलको भीड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाई नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन ?'
उनले पार्टी सञ्चालन पद्धतिलाई नयाँ सिराबाट शुरु गर्नुपर्ने बताए । उनले भ्रातृ सङ्गठनमा पदाधिकारी मनोनयन पारदर्शी हुनुपर्ने बताए ।