arrow

‘पुरक बजेटले जनताका आकांक्षा सम्बोधन गर्छु, नेता कार्यकर्ता गाउँ–गाउँ पठाउँछु’

logo
प्रकाशित २०७३ कार्तिक १२ शुक्रबार
bajet-bare-dahal-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलका नेताहरुलाई   विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको बताएका छन् । 
 
नेकपा माओवादी केन्द्र निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमुखहरुसँगको सामूहिक भेटमा शुक्रबार प्रधानमन्त्रीले भने, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस गर्दैछ । तपाईहरु पनि कार्यक्रम बनाएर गाउँ गाउँमा जानुस् ।’
 
भेटमा प्रधानमन्त्रीले गरिबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘१०, १५ अरब बजेटको व्यवस्था गरेर गरिबका लागि सरकार कार्यक्रमलाई प्रभावकारी बनाइँदैछ । युवा स्वरोजगार कार्यक्रम पनि पहिलेभन्दा प्रभावकारी रुपमा जान्छ । जनताका लागि जनता वा किसान पेन्सन कार्यक्रम ल्याइदैछ । यसले जनतामा नयाँ आशा सिर्जना हुन्छ ।’
 
एउटा तप्का सरकारले जतिसुकै राम्रो गरेपनि विरोध गर्ने नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेताहरुलाई आग्रह गरे । 
 
मोर्चा र जनवर्गीय संगठनका प्रमुखहरुले सरकारले अहिलेसम्म लिएका निर्णय सकारात्मक रहेको र जनतामा आशा जागेको भन्दै कार्यक्रमलाई जनतासम्म लैजान विशेष पहल गर्नुपर्ने धारणा राखे । 
 
भेटमा माओवादी केन्द्रनिकट प्राध्यापक संगठन, किसान महासंघ, जनसांस्कृतिक महासंघ, वाइसिएल, ट्रेड यूनियन महासंघ, विद्यार्थी संगठन, वुुद्धिजीवी संगठन, महिला, दलित, प्रेस सेन्टर, शिक्षक, बेपत्ता परिवार लगायतका नेताहरु सहभाथि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ