arrow

एमाओवादीको आकस्मिक बैठकमा गृहमन्त्री बस्नेतको चर्को आलोचना

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Shakti.jpg.jpeg
काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएपछि पार्टी भित्र उनको चर्को आलोचना भएको छ । पार्टीको शनिवार बिहान बसेको आकस्मिक बैठकले उनलाई फिर्ता बोलाउन पनि माग गरेको छ ।

बैठकमा उपस्थित केही केन्द्रीय सदस्यले मन्त्री बस्नेतलाई फिर्ता बोलाउन माग गरेका थिए । स्थायी समिति सदस्य गोपाल किरातीले गृहमन्त्री बस्नेतको कदम जस्ता काण्ड भन्दा कम नभएको आक्रोश पोख्दै उनलाई फिर्ता बोलाउन माग गरेका थिए ।पार्टीका उपाध्यक्ष उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि गृहमन्त्री बस्नेतको कामले पार्टीको शिर निहुरिएको गुनासो गरेका थिए । 

पार्टीका नेताले आफ्नो आलोचना गरेपछि गृहमन्त्री बस्नेतले चीन भ्रमण घटनाको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए । स्मरण रहोस्, भूकम्प पीडितका लागि आएको कोटामा एमाओवादी अध्यक्ष प्रचण्डकी नातिनीदेखि माओवादी नेताका साली र आफन्त शुक्रबार चीन गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ