arrow

एमाले कोशी प्रदेश अधिवेशन

कोशीमा ओली निकट खतिवडा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
uml-koshi-2080-06-12.jpg

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

अध्यक्षमा मोरङका नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा भएको हो ।

कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरे । 

एमाले मोरङको पाँचौँ अधिवेशनमा माधव कुमार नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् । 

 उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

अध्यक्ष ओलीको चहना अनुसारै खतिवडा अध्यक्ष बनेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ