arrow

१९औँ एसियाली खेलकुद

इरानसँगको खेलपछि महिला कबड्डीमा नेपालको पदकको टुङ्गो लाग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
asian-sport.JPG

काठमाडौं ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुङ्गो केही बेरमा लाग्ने भएको छ । 

महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्ने छ । 

उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ । 

नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बङ्गलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । 

नेपालले पहिलो खेलमा बङ्गलादेशलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल इरानसित पराजित भएको थियो । 

महिला कबड्डीमा इरान बलियो टोली मानिन्छ । इरानले यसअघि सम्पन्न १८औँ एसियाली खेलकुदमा महिला कबड्डीको स्वर्ण पदक जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ