arrow

६१ किलो तस्करी सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
100kg-gold-cib-2080-04-21 (10).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन तस्करीको मुद्धामा काठमाडौँ जिल्ला अदालतले आरोपीहरुमध्ये एक जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । 

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले रुकमिना सुब्बालाई भने पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएर अन्यलालई पुर्पक्षका लागि पठाएको हो । 

सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् । जिल्ला अदालतले शुक्रबार साँझ उनीहरु सबैलाई थुनामा पठाउने आदेश गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार सात कानून अन्तगर्तको कसूरमा रहेर मुद्धा चलाउन राय दिइएको थियो ।  

प्रतिवेदनमा भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको थियो । सरकारी वकिल कार्यालयले पनि सोही मुताविक अदालतमा मुद्धा दायर गरेको थियो ।

सुन तस्करी प्रकरणमा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलीका रूपमा प्रयोग भएको पाइएको थियो । हङकङबाट सुन नेपाल ल्याउँदा नेपाली र चिनियाँ मूलका नागरिकहरू बिचौलीका रूपमा प्रयोग भएको पाइएको सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख थियो । 

अभियोगपत्र अनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो ।

 राजनीतिको उच्च तहमा पहुँच राख्ने दाओजिन वाङ पनि तस्करीमा प्रयोग भएका थिए । उनी फलफूल व्यवसायीका रूपमा लामो समयदेखि नेपालमा बस्दै आएका व्यक्ति हुन् । 

हाल उनी फरार रहेका छन् । संगठित अपराधमा हङकङदेखि सुन ल्याई भारतसम्म पु¥याउन लगानी, व्यवस्थापन र बिक्रीसमेत गर्न राजेन्द्रकुमार राई, अशोक लामा, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, रामकुमार भुजेल, दिलीप भुजेल, लिन झेक्लिन, राजनकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, सन्तोष चन्द, सरोज श्रेष्ठ, कुमार ढकाल, यादव पराजुली, सुदर्शन गौतम, दावा छिरिङ, नरेश तामाङलाई परिचालन तथा व्यवस्था गर्ने गरेको उल्लेख गर्दै मुद्धा दायर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ