arrow

तीनकुने सामूहिक हत्याका अभियुक्त भण्डारी पुर्पक्षका लागि कारागारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
killed-in-tinkune-2080-05-30 (15).jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत २९ भदौमा भएको चार जनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

काठमाडौँ जिल्ला अदालतले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। 

काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

प्रहरीसँगको बयानमा उनले मोटरसाइकलले ठक्कर दिई फरार भएपछि त्यसको बदला लिन एक व्यक्तिको हत्या गर्ने योजना बनाएको तर घटना गराउँदा घटनास्थलमा आइपुगेकाले अन्य तीन जनाको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकारेका छन् ।



नयाँ