arrow

इजरेल आक्रमणमा मारिएका पाँच नेपालीको शव ल्याउने तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
np-saud-2080-10-29.jpg

काठमाडौं ।  परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरेलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।  

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरेलमा आक्रमणमा परी निधन भएकामध्ये पाँच जनाको पोस्टमार्टम भइसकेकाले इजरेल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए । 

उनले मृतक अन्य पाँच को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजी भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरेल र अन्य सरकारहरूसँग समन्वय गरेर खोजी भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ