इजरेल आक्रमणमा मारिएका पाँच नेपालीको शव ल्याउने तयारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
597
Shares
काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले इजरेलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरेलमा आक्रमणमा परी निधन भएकामध्ये पाँच जनाको पोस्टमार्टम भइसकेकाले इजरेल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए ।
उनले मृतक अन्य पाँच को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजी भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरेल र अन्य सरकारहरूसँग समन्वय गरेर खोजी भइरहेको बताए ।