arrow

तिहारको समयमा पूर्वी पहाडी जिल्ला पाँचथरमा फलफूलको ब्यापार वढ्यो

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
falful-fruit-bikri-badhyo.jpeg

पाँचथर । तिहारको समयमा पूर्वी पहाडि जिल्ला पाँचथरमा फलफूलको ब्यापार बढेको छ । अन्य दिनको तुलनामा तिहारको समयमा २५ प्रतिशत सम्म ब्यापार वढेको ब्यवसायस्हरु बताउँछन् ।

भाईटिकाको दिन दिदीबहिनीले आफना दाजुभाईलाई टिका लगाएर रोटीका साथसाथै स्याऊ, सुन्तला, केरा लगायतका फलफूल दिने गरेका कारण पनि फलफूलको ब्यापार बढेको हुन सक्ने फिदिमका फलफूल ब्यवसायि विनोद श्रीवास्तले बताए । उनले भने, ‘दशैँको तुलनामा अहिले धेरै ब्यापार राम्रो भएको छ,मंगलबार भाईटिका परेकोले आइतबार र सोमबार राम्रो ब्यापार भइरहेको छ ।”

उनका अनुसार अहिले दैनिक ८ हजारको हाराहारीमा फलफूलको विक्री भइरहेको छ । यस्तै जिल्लाको राँके, रवि, पंचमी बजार लगायतका स्थानमा समेत फलफूलको ब्यापार वढेको ब्यवसायीहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ