arrow

राष्ट्र संघका महासचिव गुटेरेसले संसद्मा सम्बोधन गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
antonio_guterres-new.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्मा सम्बोधन गर्ने भएका छन् ।  महासचिव गुटेरेसले कार्तिक १४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते सङ्घीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपराह्न ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । 

मन्त्रीपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको सङ्घीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दैछन् । इजरेलमा हमासको आक्रमणपछि उनको भ्रमण सरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ