arrow

मुगुमा एकै परिवारका चार जनाको हत्या

सामूहिक हत्याको अनुसन्धान गर्न कुकुरसहित प्रहरीको टोली घटनास्थलमा [भिडियो]

अरू दुई टोली पुग्दै  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
mugu-hatya.jpg

मुगु । आमासहित दुई छोरा र एक छोरीको हत्याको अनुसन्धानका लागि प्रहरीको कुकुर सहितको अनुसन्धान टोली घटनास्थल पुगेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको अनुसन्धान गर्न सो टोली घटनास्थल पुगेको हो ।

 मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी र घटना बारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली खटाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी भीम ढकालका अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगु खटिएका छन् । जसमध्ये दुई टोली आज मध्यान्न सम्ममा पुग्ने बताइएको छ । 

उनका अनुसार सुर्खेतबाट सीआईवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को कुकुर सहितको अनुसन्धान टोली रहेका छन् । टोली शुक्रबार राती कालिकोट बसेर शनिवार बिहानै मुगु पुगेको हो । आजबाट टोलीले हत्या बारे विशेष अनुसन्धान थाल्ने डिआइजी ढकालले बताए ।

बिहीबार साझ मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको थियो । शुक्रवार बिहान ९ बजे हत्या बारे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको थियो ।

मृतक आमा छोरा छोरी सहित ७ गते बिहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।

'९ गते बिहानै देखि घर बाहिर ताला लगाएको देखेका थियौ । बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेर कदैले ख्याल गरेनौ । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि शुक्रबार बिहान १० बजे तिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको घाँटी रेटी बीभत्स हत्या भएको देखेको' मृतक श्रीदेवीकी माइजू रेसा बोहोराले बताएकी छन् ।

शुक्रबारदेखि दिनभरि जसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटना स्थललाई सिल गरि पहरा दिइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ