arrow

पतिका हत्यारालाई छाड्ने सरकारविरुद्ध भारती फेरि तातिन्, थालिन् अनशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
bharati-ansan.jpg

काठमाडौँ । पतिका हत्यारालाई छाड्ने सरकारविरुद्ध भारती मानन्धर फेरि तातेकी छन् ।  भारतीले दशैँ सकिएसँगै आजबाट पुनः रिले अनशन शुरु गरेकी छन् । 

भारतीले आजबाट माइतीघर मण्डलामा पुनः रिले अनशन शुरु गरेकी हुन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि नेपालगन्जकी भारतीले पुनः रिले अनशन शुरु गरेकी हुन् । 

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा आममाफी दिइएको थियो । 

 २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ