arrow

पूर्व विद्यार्थीले दिए विद्यालयलाई १० लाख ५१ हजार सहयोग

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
school-help.jpg.jpeg
कौरव खत्री, गुल्मी। गुल्मीको कुर्घा गाउँ विकास समितिमा वडा नं. ५ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयको लागि विद्यालयका भूतपूर्व विद्यार्थी घनश्याम शर्माद्धारा १० लाख ५१ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ। कुर्घा ४ निवासी हाल रोजगारीको शिलशिलामा बेल्जियममा रहनुभएका शर्माले आफ्नी माता  डिलादेवी पंगेनी शर्माको नामबाट विद्यालयमा डिलादेवी पंगेनी सभा हल निर्माणको लागि उक्क्त आर्थिक सहयोग गर्नुभएको विद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो। 
 
विद्यालयको ४९ औ बार्षिकोत्सवको अवसरमा भूतपूर्व विद्यार्थी शर्माले नगद ४ लाख १ हजार रकम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो। बाँकी रकम केहिसमयभित्रै बुझाउने शर्माले बताउनुभएको छ। 
 
यसैगरि त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घा ५ गुल्मीले राष्ट्रिय समाचार समिति गुल्मीका प्रतिनिधि तथा सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सारका कार्यकारी प्रमुख कौरव खत्रीलाई नगद तथा दोसल्लाले सम्मान गरेको छ। विद्यालयको ४९ औ बार्षिकोत्सबको अवसरमा सञ्चार क्षेत्रबाट विद्यालयलाई महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै खत्रीलाई नगद तथा दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ चन्दादाता घनश्याम शर्मा तथा  विद्यालयका अध्यक्ष खड्क बहादुर खड्का र प्राचार्य राम बहादुर थापा लगायतले सयुक्त रुपमा सम्मान गर्नुभएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ