arrow

घर झगडा मिलाउन गएका वडाध्यक्षमाथि आत्महत्या दुरुत्साहनको आरोप 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
police-gauradaha.jpg

झापा । झापाको कमल गाउँपालिका वडा न ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई माथि सोही वडा निवासीले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन्  ।

झुन्डिएर आत्महत्या गरेका कमल गाउँपालिका वडा न ६ का अनिल कार्कीलाई आत्महत्या गर्न लगाएको भन्दै  मृतकका आफन्तजनले वडाध्यक्ष माथि आत्महत्या दुरुत्साहनको आरोप लगाएका हुन् ।

 आइतबार साँझ घरमै कार्की झुन्डिएको अवस्थामा फेला परेका थिए ।  पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।
 
कार्कीको मृत्यु पश्चात् आफन्तले शव बुझ्न मानेका थिएनन् । घटना पश्चात् प्रहरीले कार्कीको शवलाई पोस्टमार्टमका लागि राति नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जनाएको छ ।
 
 कार्कीका मामा खेमबहादुर बुढाथोकीले जनाए अनुसार कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र निजले घर कलहकै कारण आत्महत्या गरेको हुनसक्ने जनाए । 

केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झरै-झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए ।
 
त्यस बेला वडाध्यक्ष भट्टराईले कार्कीलाई हातपात समेत गरेको आफन्तको आरोप रहेको छ । 

कार्की डिभिजन बन कार्यालय पाँचथरमा कार्यरत लेखापाल हुन । हाल मृतकका आफन्तजनले इलाका प्रहरी कार्यालय दमक परिसरमा घटनाको दोषीलाई पक्राउ गर्न भन्दै धर्ना दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ