arrow

लेखापाल आत्महत्या दुरुत्साहनको आरोपमा वडाध्यक्ष भट्टराई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
narendra-bhattrai-gauradaha.jpg

झापा । झापाको कमल गाउँपालिका ६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय लेखापाल अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

कमल गाउँपालिका वडा न ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । 

प्रहरीको खोजीमा रहेका भट्टराई प्रहरी कार्यालय आफै आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

हाल अदालतबाट म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सोही कसुरमा पक्राउ परेका कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो यद्यपि राजनीतिक संरक्षणमा रहेको बताइएका आरोपित भट्टराई लाई प्रहरीले घटना भएको १८ दिनपछि पक्राउ गरेको छ ।

मृतकका मामा खेमबहादुर बुढाथोकीले जनाए अनुसार आफ्नो भान्जाको मृत्युमा वडाध्यक्षको पनि हात हुँदाहुँदै प्रहरीले राजनीतिक दबाबमा पक्राउ गर्न नसकेको मृतक कार्कीका मामा बुढाथोकीले दाबी गर्दै आएका थिए । 

किटानी जाहेरीमा वडाध्यक्ष भट्टराईको नाम पनि उल्लेख भएकाले उनीमाथि पनि अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका थिए ।

 कात्तिक ६ गते अर्थात् महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए । 

आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दसैँको टिकाको दिन अर्थात् कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमक पुगेका थिए । 

साथै कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।कार्कीलाई श्रीमती , ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको भन्दै आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ