arrow

मिर्गौला पीडितलाई सत्र लाख सहयोग

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Kidney-Stones-&-Treatment.jpg.jpeg
तेह्रथुम। दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
 
उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि देश तथा विदेशबाट रकम सहयोग संकलन भएको हो । पछिल्लो पटक बेलायतबाट ५ लाख १ हजार ९५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको खिनमायाँ वचाउ अभियानका अगुवा पत्रकार प्रकाश पाक्सावाले बताए ।
 
यस्तै मलेशियाबाट ५ लाख, कोरियाबाट डेढ लाख, कतारबाट १ लाख ६५ हजार, इजरायलदेखि २७ हजार, हङकङबाट ७० हजार र सहयोगकालागि खोलिएको खातामा जम्मा भएको गरी कुल १७ लाख बढी रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेकी लिम्बुको उपचारमा समस्या भएको बारे समाचार पढेपछि विदेशमा रहेका नेपालीबाट रकम संकलन अभियान चलाएको कुरुम्भङ समाज बेलायतका कोषाध्यक्ष शेरबहादुर कुरुम्भङले बताए ।
 
खिनामायाँको उपचारका लागि विभिन्न देशहरूबाट व्यक्तिगत साथै संस्थागत रूपमा अभियानै संचालन गरी आर्थिक सहयोग अभियान चलाइएको हो । मिर्गौला प्रत्यारोपणकालागि सहयोग संकलन गरिएको भएपनि उपचारमा ढिलाई भएको सरोकारवालाले गुनासो गरेका छन् । यता पिडित खिनमायाका श्रीमान् तिलप्रसाद लिम्बुले आफुहरुले उपचारकोलागि प्रयत्न गरिरहेको भएपनि चाडपर्वका कारण अस्पताल र चिकित्सकहरुले ढिलो गरेको बताए ।
 
 खिनमायालाई अहिले नियमित डाइलोसिस सँगै परीक्षणकालागि काठमाडौं लगिएको छ । काठमाडौको भेनस अस्पतालमा नियमित डाइलोसिस र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको खिनमायाका आफन्तले बताएका छन् ।
 
 खिनमायाकी आमाले उनलाई मिर्गौला दिन चाहेकी छन् ।डा. पुकारचन्द्र श्रेष्ठले खिनमायाकी आमाको स्वास्थ्य अवस्थाबारे परीक्षण गरी मिर्गौला प्रत्यारोपणको प्रयास भइरहेको आफन्तले बताएका छन् ।श्रीमान् तिलप्रसादका अनुसार चिकित्सकले मिर्गौला प्रत्यारोपणकालागि मात्रै झण्डै ७ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर मिर्गौला प्रत्यारोपणको टुंगो भने लागिसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ