arrow

बल्खुमा झडप [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
balkhu-jhadap-2080-08-07-(1.jpg

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थक र प्रहरीबीच झडप भएको छ । दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विभिन्न आठ ठाउँबाट नाराजुलुससहित पुगेर बल्खुमा प्रदर्शन गरेपछि प्रसाईले सम्बोधन गर्दै  ‘बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन्’ भनेर उक्साएपछि कालिमाटीतर्फ लाग्दै गर्दा प्रहरीले रोक्ने क्रममा झडप भएको हो । 

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप भएको हो । प्रहरीले अश्रुग्याससमेत छाडेको थियो । यसअघि आजका लागि बल्खुमा प्रदर्शन गर्ने भनेरै प्रसाई समूहले उक्त ठाउँ मागेको थियो । माइतीघर मण्डलामा कार्यक्रम गर्ने भनेपछि एमाले निकट युवा संघसँग झडप हुने देखेर प्रशासनले छुट्टाछुट्टै ठाउँ तोकेको थियो । 

तर प्रसाईले एक्कासी अहिले आएर प्रदर्शनकारीहरु शहर पस्ने भनेपछि माहोल बिग्रिएको छ । उक्त अभियानका अभियन्ताहरुका अनुसार अब उनीहरु बाहिर नफर्की दिनानुदिन काठमाडौँमा प्रदर्शन गर्ने योजनामा छन् । 

यद्यपि अभियन्ता रमा सिंहका अनुसार बैठक बसेर पत्रकार सम्मेलन गरी आगामी कार्यक्रमहरु सार्वजनिक गरिने छ । 

आज एमाले निकट युवा संघले पनि कार्यक्रम गरेकाले आपसमा झडप नहोस् भनी सात हजार सुरक्षाकर्मी सडकमा उतारिएको थियो । 

balkhu-jhadap-2080-08-07 (1).jpg
balkhu-jhadap-2080-08-07 (2).jpg
balkhu-jhadap-2080-08-07 (3).jpg
balkhu-jhadap-2080-08-07 (4).jpg
balkhu-jhadap-2080-08-07 (5).jpg
balkhu-jhadap-2080-08-07 (6).jpg
balkhu-jhadap-2080-08-07 (7).jpg
balkhu-jhadap-2080-08-07 (8).jpg
balkhu-jhadap-2080-08-07 (9).jpg
balkhu-jhadap-2080-08-07 (10).jpg
balkhu-jhadap-2080-08-07 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ