- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय दलाल होसियार, सिक्किमिकरण अन्त्य गर, लेण्डुप सरकार चाहिँदैन, अंगीकृत प्रमुख चाहिँदैन, नेपाल तीमिहरुको विर्ता होइन, सरकारमा छ माओवादी नेपालको भो वर्वादी लगायतका नारा लगाउँदै युवाहरुका हुल काठमाडौंको माइतीघरमा देखिए । देश हाम्रो शासन हाम्रो–परिवार छोराछोरीले चलाउँछ ज्वाइँले होइन नारा समेत उनीहरुले लगाए ।
उनीहरुले सरकारले संविधान संशोधनका लागि तयार पारिएको भनिएको संशोधन सूचना (ड्राफ्ट)को घोर विरोध गरे । सो ड्राफ्टको अन्तिम बुँदामा अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीसहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्ताव छ । प्रदर्शनमा उत्रिएको युवा जमातले सरकार र सत्तासिन दलविरुद्ध समेत नारावाजी गरेको छ ।
प्रस्तावको ६ नम्बर बुँदामा भनिएको छ, ‘नेपालको संविधानको धारा २९८ को उपधारा (१) को सट्टा देहायको उपधारा (१) राखिएको छः– (१) यस संविधान बमोजिम नियुक्त हुने संवैधानिक पदहरुमा वंशज र जन्मका नाताले नेपालको नागरिक भएको व्यक्ति वा अंगीकृत नागरिकता प्राप्त गरी कम्तिमा दश वर्ष नेपालमा बसोबास गरेको व्यक्ति मात्र नियुक्तिको लागि योग्य मानिनेछ ।’