arrow

श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेको बताएका छन् । 

बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले राजाको सालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताए । 

गणतन्त्रको विरोध गर्ने दुसाहसी काम भइरहेको बताए । उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए ।

उनले भने, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सलबलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर सालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ । गणतन्त्रको विरोध गर्ने, त्यो दुसाहसी काम भइरहेको छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ