arrow

देउवाको गृहजिल्ला पुगेर सम्झिए ओलीले

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
oli-deuba-ddl.jpg

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । 

एमालेको मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटनका क्रममा डडेलधुरा पुगेका ओलीले देउवालाई शुक्बारबार बिहान आफू बसेको स्थानबाट फोन गरेका हुन् । 

ओली बिहीबार राति डडेलधुरा बजार भन्दा तल बसेका थिए ।  उनले डडेलधुराको गन्यापधुरा छेउमा पुगेर फोन गरेका हुन् ।

उनले देउवालाई तपाईँको जिल्लामा आएर सम्झिएको भनेका छन् । देउवाले पनि ओलीलाई डडेलधुरामा स्वागत छ भनेका छन् । 

ओलीले आज आफ्नो सामाजिक सञ्जालमा भिडियोसहित लेखेका छन्,' सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौँमा भए पनि डडेलधुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ