arrow

अमरगढी पुगेर ओलीले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
oli-amargadi.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताएका छन् ।

शुक्रवार पार्टीको महाकाली-मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अमरसिंह थापा जस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताए । 

उनले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताए ।

उनले भने, ‘अमरसिंह जस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ