arrow

ओलीको दाबी- एमालेले सरकार छोडेपछि देशमा अराजकता र मनपरीतन्त्र फैलियो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
kp-sudur.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको दाबी गरेका छन् ।

शनिबार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे। 

उनले सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए । 

उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ