arrow

नागरिक अहिलेको गठबन्धनसँग वाक्क दिक्क भइसके : ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
kp-oli-2080-08-17.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताएका छन् । 

आइतबार महाकाली-मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गरे । 

उनले एमालेलाई सरकारबाट हटाइएको अढाई वर्षमा राजनीतिक रूपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महँगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे । उनले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरू लोकतन्त्र विरोधी रहेको बताए ।

अध्यक्ष ओलीले महाकाली-मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्क दिक्क भइसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ