arrow

राजनीतिक पार्टीहरूले राजनीति मात्रै गरेर हुँदैन [भिडियो]

दैलेखमा भएको पेट्रोलियम उत्खननको विकल्प छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
dailekh-oli-ba.jpg

काठमाडौँ । राजनीतिक पार्टीहरूले राजनीति मात्रै गरेर नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षण बुझ्दै यस्तो बताएका हुन् । 

उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए ।

उनले नेताहरू राजनीतिका मात्रै नभई विकासका नेता हुनुपर्ने बताए । 

उनले विकास अरू देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैँले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिए ।

उनले नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम उत्खननको विकल्प नभएको बताए। 

आजै दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम अन्वेषण स्थलको अवलोकनका क्रममा उनले पेट्रोलियम उत्खननले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताए । पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्री स्तरीय द्विपक्षीय समझदारी भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ