arrow

देशलाई सबैको अपनत्व हुने गरी अगाडि बढाउनु पर्नेमा देउवाको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
deuba-shekhar-gagan-2080-08.jpg

ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई सबैको अपनत्व हुने गरी अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । 

वीपी स्मेति भवन उद्घाटन तथा ओखलढुङ्गा कांग्रेस जिल्ला सम्मलेनको उद्घाटनमा बोल्दै सभापति देउवाले सबैको अपनत्व हुने गरी देशलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका हुन् । 

उनले देश परिवर्तन गर्न कांग्रेस परिवर्तन हुन जरुरी रहेकोसमेत उल्लेख गरेका छन् । सभापति देउवाले अहिले देश संघीयतामा आइसकेकाले संघीयतालाई राम्रोसँग चलायो भने देश राम्रोसँग चल्न सक्ने बताए । 

उनले सबै जातजाति र समुदायले मिलेर संविधान बनाएको भन्दै अझै पनि एउटै पार्टीले बहुमत ल्याउन भने गाह्रो भएको बताए । 

देउवाले अहिले देशका सडकहरु विस्तार गर्नुपर्ने अझै खाँचो रहेको बताए । सो क्रममा ओखलढुंगाले शहीद जन्माएको भन्दै प्रशंसा गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ