arrow

कोशीमा एमालेलाई प्रवेश नदिने भनेपछि ओलीले दिए यस्तो चेतावनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
oli-koshi.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् । बिहीबार पर्वतमा मेची-महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले केही पहिचानवादीहरूले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरूलाई बुद्धि सच्याउन आग्रह गरे । 

उनले नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने कुरा सिकाउन आवश्यक नरहेको जिकिर गरे । उनले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ति नलगाउन चुनौती दिए । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतङ्ककारी कुराहरूको सामना गरेर अघि बढ्ने चेतावनी दिए ।

उनले भने, ‘उनीहरूले भनिरहेका छन्, नेकपा एमालेको यो झुलाघाट–चिवाभञ्ज्याङ यात्रा प्रदेश एकमा प्रवेश गर्न दिन्नौँ । किन नदिने ? नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? नेकपा एमाले त प्रदेश एकमा पनि छ । खास जान नपाउने को ? कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने खालका आतङ्ककारी कुराहरू हामीले धेरै देखेका छौँ । यस्तो फुर्ति नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उनहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिटै सच्याउनुस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाइते, शहीद, शहीदका परिवारका लागि केही गर्न नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ