arrow

एमालेकै सरकार चाहिन्छ : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
Kp ioli pokhara.jpg

पोखरा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन् ।  

पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका-२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे । 

अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन-८४’ अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए ।

उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । 

“देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ”, उनले भने, “पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो ।”

अध्यक्ष ओलीले खस्कँदो अर्थतन्त्र, बेरोजगारी जस्ता कारणले युवा जनशक्ति पलायन हुने क्रम तीव्र बनेको धारणा राखे । 

“देश निर्माणका लागि युवा जनशक्तिलाई देशभित्रै राख्नुपर्छ, हाम्रो देश हामी आफैँले बनाउने हो, अरूले कसैले बनाइदिएर देश बन्दैन”, अध्यक्ष ओलीले भने, “देशमै रोजगारीको सिर्जना र उद्यमशीलता विकास गर्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ