arrow

देश बनाउने काम एमाले बाहेकले गर्न नसक्ने ओलीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
kp-oli-2080-08-22.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमाले बाहेकले नसक्ने बताएका छन् । 

शुक्रवार पार्टीको मध्य पहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे । 

उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ