arrow

कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन: ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
kp-oli-2080s.jpg

काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । 

अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताए । 

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौँमा पुग्ने अवस्था नै नहुने दाबी समेत गरे । 

त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने, ‘यस यात्राको क्रममा अहिलेसम्म लाखौँ जनताको सहभागिता, आत्मीयता, माया, स्नेह, सम्मान हामीले प्राप्त गर्‍यौँ । मैले मालाहरू हेरेँ । म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ । मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौँमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुपर्‍यो, यसमा कथा हालेर हुन्छ ? सार्न पर्ने हो भने सार्ने । नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढङ्गले जाने । र, जहाँ पानी पस्ने मुलगेट । त्यसलाई कति बेर बन्द गर्ने, कति बेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरूले थाहा पाउनुपर्‍यो । ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ