arrow

ओलीको दाबी - एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
kp-oli-dabi.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने दाबी गरेका छन् । 

सोमवार मध्य पहाडी सङ्कल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने देखिएको बताएका हुन् । 

उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त,सुशासन,शान्ति, विकास प्रेमी र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालेको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए । 

उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरू मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताए । 

उनले अब एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए । 

उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पङ्क्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरू हुन नसक्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ