- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । इलाम बजारको अस्पताल छेउँमा आगलागी भएको छ । दिउँसो लागेको आगो निभाउने प्रयास जारी रहेको छ । स्वास्थ्य कार्यालय मुनिको एक घरमा आगलागी भएको हो ।
आगो नियन्त्रण लिने प्रयास भइरहेको छ । स्थानीयसँगै सुरक्षा निकाय आगो नियन्त्रणमा लागिरहेको छ ।
इलाम अस्पतालको मुनि घर र क्वार्टरमा आगलागी भएको बताइएको छ ।
शुरुआतमा ग्यास सिलिन्डर पड्केको शंका गरिएको छ ।
आगो निभाउँदै जाँदा तीन ओटा सिलिन्डर पड्केको आवाज आएको स्थानीयले बताएका छन् ।