arrow

पीडितको घाउमा मल्हम

पचास टहरा हस्तान्तरण गरेर फर्के अजयबाबु शिवाकोटी [फोटोफिचरसहित]

थप टहरा बनाउने क्रम जारी रहेको भनाइ, सहयोगी हातप्रति आभार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
ajaaybabu-handed-20-houses.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।

उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । 

पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५० टहरा बनाएका हुन् । कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले असर पारेका क्षेत्रमा एक हजार अस्थायी टहरा बनाउने अभियान थालेसँगै युवा केन्द्रीय नेताहरुलाई सम्बन्धित क्षेत्रमा खटाइरहेको छ । 

सोही क्रममा नेता शिवाकोटीले आफ्नो जिम्मेवारीलाई सहश्र लिँदै समजासेवामा उत्रिएका हुन् । सायदै यसरी उनले आफ्ना लागि घरका टहरा वा गाईवस्तु पाल्ने गोठ वा अन्य कुनै प्रयोजनका लागि छाप्रा वा टहर बनाए होलान् । 

तर विपदमा मानवीयता देखाउनु पर्ने भएकाले उनमा स्वतस्फूर्त बल आएको हो । त्यतिमात्र होइन पार्टीको निर्देशनलाई सिरोपर गर्दै उनी प्रतिकूल मौसमबीच पनि आठबिसकोट पुगेर आफैँ खटिएर टहरा निर्माण गरेका हुन् । 

पहिलो पटक १५ घर हस्तान्तरण गरेर आएका शिवाकोटीले दोस्रो पटक ३५ टहरा बनाएर फर्केका हुन् । 

उनले चारबिसकोटमा ४ ओटा वडामा केन्द्रित रहेर ५० टहरा बनाएका हुन् । जसमा ११ वडामा २१ ओटा, १२ वडामा ४ ओटा, १३ वडामा ६ ओटा, १४ वडामा १९ ओटा टहरा बनाएर हस्तान्तरण गरेको बताए । 

यी टहरा बनाउँदा उनले समाजमा जो पीडित छन् उनीहरुकै लागि पहिलो प्राथमिकता रोजेका थिए । 

उनले भने, ‘विभिन्न समुदायका, एकल महिला, वृद्धवृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरुको परिवारलाई प्राथमिकतामा राखेर बनाइयो ।’ 

उनले टहरा बनाउँदा पीडितलाई कुनै पनि आर्थिक भार पर्न नदिएको बताए । उनले सो क्रममा काठ भत्केका घर वा गोठकै प्रयोग गरिएको र बाँकी लाग्ने सामग्री आफूहरुले नै लगेर गएको बताए । 

केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘पीडितको कुनै पनि भार नपर्ने गरी बनाएका हौँ, काठहरु त्यही भत्केको घरको प्रयोग भएको हो । जस्तापाता र छाउन लाग्ने अन्य सामग्रीहरुसँगै मिस्त्रीको खर्चसमेत सबै हामीले नै बेहोरका हौँ ।’

रुकुममा सबैभन्दा छिटो टहरा बनाएर हस्तान्तरण गर्ने शिवाकोटी नै हुन् । उनले थप टहरा बनाउने क्रम पनि चलिरहेको बताए । 

कसले कति गरे योगदान ?
शिवाकोटीले बनाएका टहराका लागि विभिन्न समुदाय र व्यक्तिले आर्थिक सहयोग गरेका थिए । 

जसमा १ देखि १५ टहराका लागि लाग्ने आर्थिक सहयोग विभिन्न व्यक्तिदेखि संस्थासम्मले सहयोग गरेका हुन् । 

१५ टहराः १५ टहरा निर्माणका लागि नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय समितिले १५ ओटा टहरा बनाउन आर्थिक समन्वय गरेको थियो । 

उक्त समितिका सभापति डिका कार्की, शम्भु केसी, विराटबाबुसहितको टीमले आर्थिक सहयोग गरेको हो । 

यो अभियानमा जोडिएको भन्दै शिवाकोटीले समितिका सबैप्रति आभार प्रकट गरेका थिए ।  

पाँच टहराः दर्शन ढकाल, अवनितभक्त खरेल, हिमानी खड्का, ध्रुव जोशी र टिकाराम पौडेल (काठमाडौँ) ले पाँच ओटा टहरा बनाउन आर्थिक सहयोग गरेका थिए । 

तीन टहराः 
तीन टहराका लागि प्रेमराज खरेल र श्रेया शिवाकोटी खरेलले (स्कटल्याण्ड) सहयोग गरेका थिए । 

त्यस्तै दोलखाका उज्वल शिवाकोटीले ३ ओटा टहराका लागि सहयोग गरेका थिए । 

दुई टहराः –अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेबाट । यसका लागि संजय कणेलले समन्वय गरेका थिए ।
–साझा नेपाली समाज म्यानचेस्टर यूकेबाट । यसका लागि दीपक रेग्मीले समन्वय गरेका थिए । 
–विमल थापा (दोलखा) ले पनि दुई ओटा टहराका लागि आर्थिक सहयोग गरेका थिए । 
–श्रीमान् कृष्णप्रसाद रेग्मी र श्रीमती सरस्वती रेग्मी (दोलखा) । 

एउटा टहराः 
–राजनराज शिवाकोटी दोलखा ।
–दोलखा–काठमाडौँ सम्पर्क समिति ।
–भरत प्रधान (पोर्चुगल)
–बसन्त थापा (अमेरिका)
–सुदिप रेग्मी (दोलखा)
–कमल सिटौला (काठमाडौँ) 
–अशोक खरेल (काभ्रेपलाञ्चोक)
–गंगा रेग्मी (दोलखा) 
–ईआईसीटी नेपाल (काठमाडौँ) ।

युवाको सफल प्रयोग 
कांग्रेसमा युवाले नेतृत्व सम्हाल्नुपर्छ भन्दै आवाज उठाउन थालेको लामो समय भइसकेको छ । तर अवसर नै नपाएको गुनासो युवाले गर्दै आएकामा यसपालि गरिएको प्रयोग निकै नै सफल भएको प्रमाणित भएको छ । 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले पारेको असरपछि उद्धार, राहत र पुनःनिर्माणमा कांग्रेसको युवा नेतृत्वले सम्हालेको काम र त्यसको सफलताको चर्चा भइरहेको छ । 

यसपालि कांग्रेसको केन्द्रीय नेतृत्वले युवालाई भूकम्प पीडितको उद्धार, राहत र पुनःनिर्माणमा युवालाई अगाडि बढायो । भूकम्पले क्षति पुर्याउनासाथ स्थानीय कांग्रेसका युवा नेताहरुले अगुवाइ गर्दै छिटोभन्दा छिटो उद्धार गर्न सफल भए । भूकम्प गत कार्तिक १७ गते राति ११ः४७ बजे गएको थियो । राति नै भए पनि १२ः३० बजेपछि नै कांग्रेसका युवाहरु उद्धारमा खटिएका थिए । 

मृतकको शव संकलन, पुरिएकाहरुको उद्धार, घाइतेहरुलाई अस्पतालसम्म पुर्याउने व्यवस्था लगायतका काममा कांग्रेसका युवाहरुले स्थानीय प्रशासन सँगसँगै स्वतस्फूर्त सघाउन खटिएकाहरुसँग सहकार्य गरेका थिए । 

साथै कांग्रेस अर्को दिनदेखि नै राहत वितरणको काममा सक्रिय भएको थियो । संघीय सरकारले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने हो भने कोही पनि काखा पाखा हुनु नपर्ने नीति ल्याएपछि सरकारमा संलग्न कांग्रेसले त्यसमा सक्रियता देखाउन थाल्यो । 

भूकम्पको अवस्था बुझ्न र कसरी त्यसलाई व्यवस्थित गरेर पीडितको दैनिकी सहज गराउन सकिन्छ भनेर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीले खटायो ।

विभिन्न सात बुँदामा आधारित रहेर उनीहरुले अवस्था संकलन गरे । त्यहाँ बसुन्जेल सक्रिय भएर अस्थायी टहरा बनाउन मद्धत गरे । 

यो टोलीले भूकम्प प्रभावित क्षेत्रको सम्पूर्ण वस्तुस्थिति बुझेर तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कदमहरु बारेमा पार्टी सभापति शेरबहादुर देउवा सँगसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव पत्र बुझायो । 

पालमा बसेर हुँदैन तत्काल राहत दिनुपर्छ भनेर आउँदा आउँदै गगन–विश्वप्रकाशले बुझाएको सुझाव पत्रका आधारमा नै सरकारले सरकारले शुरुआतमै अस्थायी टहराका लागि ५० हजार रुपैयाँ सिधै पीडितको हातमा दिने व्यवस्था गरेको छ । 

त्योसँगै कांग्रेसले एकद्धार प्रणाली अन्तर्गत सबैभन्दा पहिले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । भूकम्प गएको अर्को दिन नै कांग्रेसले भूकम्प पीडितलाई सघाउने बताएको थियो । 

सोही अनुसार सरकारलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्यो ।

त्यतिमात्र मात्रै व्यक्तिगत रुपमा नेताहरुले सहयोग गर्ने क्रम रोकिएको छैन । पार्टी सांसदहरुको १५ दिनको तलबसमेत भूकम्प प्रभावित क्षेत्रमा दिने निर्णय गर्यो । 

त्यसपछि कांग्रेसले एक हजार अस्थायी आवास बनाइदिने घोषणा गर्यो । जसअनुसार कांग्रेसले युवा नेताहरुलाई प्रभावित क्षेत्रमा खटायो । 

सोही अनुसार कांग्रेसका युवा नेताहरुले अस्थायी आवास बनाएर हस्तान्तरण गर्ने क्रम जारी छ । 

शिवाकोटीजस्ता नेताहरुले धमाधम टहरा बनाउने कामलाई तीव्रता दिएका छन् । 
 

ajaaybabu-handed-20-houses (1).jpg
ajaaybabu-handed-20-houses (2).jpg
ajaaybabu-handed-20-houses (3).jpg
ajaaybabu-handed-20-houses (4).jpg
ajaaybabu-handed-20-houses (5).jpg
ajaaybabu-handed-20-houses (6).jpg
ajaaybabu-handed-20-houses (7).jpg
ajaaybabu-handed-20-houses (8).jpg
ajaaybabu-handed-20-houses (9).jpg
ajaaybabu-handed-20-houses (10).jpg
ajaaybabu-handed-20-houses (11).jpg
ajaaybabu-handed-20-houses (12).jpg
ajaaybabu-handed-20-houses (13).jpg
ajaaybabu-handed-20-houses (14).jpg
ajaaybabu-handed-20-houses (15).jpg
ajaaybabu-handed-20-houses (16).jpg
ajaaybabu-handed-20-houses (17).jpg
ajaaybabu-handed-20-houses (18).jpg
ajaaybabu-handed-20-houses (19).jpg
ajaaybabu-handed-20-houses (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ