arrow

शान्ति प्रक्रियाका बाँकी कामहरू तत्काल टुङ्ग्याउन सांसदहरूको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
samsad-rastriya-sava.jpg

काठमाडौँ । द्वन्द्वका बेलामा बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाइ शान्ति प्रक्रियाका बाँकी कामहरू तत्काल टुङ्ग्याउन सांसदहरूले जोड दिएका छन् । 

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा भएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विषय छलफलमा बोल्दै अधिकांश सांसदहरूले बारुदी सुरुङ र विस्फोटक पदार्थ निर्मूल बनाएर द्वन्द्वका बेलाका बाँकी कामहरू राष्ट्रिय सहमतिमा तत्काल टुङ्ग्याउनु पर्नेमा जोड दिएका हुन् ।
 
सांसदहरूले युद्धका बेलाका द्वन्द्वरत पक्ष र राज्य पक्ष दुवै मिलेर सरकार सञ्चालन गरिरहेकाले शान्ति प्रक्रियाको बाँकी काम तत्काल समाधान गर्न आवश्यक रहेको बताइन् । उनीहरूले शान्ति प्रक्रियाका बाँकी काम तत्काल नटुङ्ग्याए समाजमा पुनः द्वन्द्व निम्तने खतरा बढेको बताइन् । 

राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले राजनीतिक पार्टीहरूको बिचमा द्वन्द्वका बेलाका बाँकी कामहरू टुङ्ग्याउन आवश्यक रहेको बताइन् । उनले इगो बनाई सरकारले तत्काल टुङ्ग्याएर शान्तिपूर्ण रूपमा लैजान नसके समाजमा द्वन्द्व सिर्जना हुने बताइन् । 

उनले सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि रहेको बताइन् । उनले द्वन्द्वका बेला बिछ्याएका विष्फोटक पदार्थ लगायत अन्य विषयमा राज्य पक्ष समेत गम्भीर भएर समयमा नै टुङ्ग्याए मात्रै बालबालिकालाई जोगाउन सकिने बताइन् ।

उनले भनिन्,‘राजनीतिक पार्टीहरूको बिचमा द्वन्द्वका बेलाका बाँकी कामहरू टुङ्ग्याउन आवश्यक छ । कसैले इगो नबनाई सरकाले टुङ्ग्याउन सकेनौँ र शान्तिपूर्ण रूपमा लैजान सकेनौँ भने समाजमा द्वन्द्व अहिले पनि छ । सरकारले शान्ति सम्झौता गरे पनि समाजमा विभिन्न खालका द्वन्द्व अहिले पनि छ । द्वन्द्व बाँकी कामलाई पूरा गर्ने हामी सबैको काम हो । द्वन्द्वका बेला बिछ्याएका विष्फोटक पदार्थ लगायत अन्य विषयमा राज्य पक्ष समेत गम्भीर भएर समयमा नै टुङ्ग्याए मात्रै बालबालिकालाई जोगाउन सक्छौँ ।’

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले द्वन्द्वका बेलाका बारुदी सुरुङ र विस्फोटक पदार्थ घटनाहरूका बाँकी कामहरू अझै बाँकी रहेको बताए । उनले द्वन्द्वका बाँकी काम तत्काल टुङ्ग्याउन आवश्यक रहेको बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग कानूनी रूपमा टुङ्ग्याउनुपर्ने बताए । उनले बारुदी सुरुङ र विस्फोटक पदार्थबाट हुने घटनाहरू राष्ट्र र अन्तर्राष्ट्रिय समस्या भएको बताए ।

 उनले साझा सवाल बनाएर द्वन्द्वका घाउहरू कोट्याउने भन्दा पनि अरू घाउ बढ्न नदिने कुरामा सरकार सचेत हुन आवश्यक रहेको बताए । उनले जनयुद्धको बेला सरकारी पक्षबाट होस वा विद्रोही पक्षबाट कोही न कोही प्रभावित भएको भन्दै विद्रोही पक्षसँग युद्ध गर्ने हतियारहरू भएर नै शान्ति सम्झौता भएको दाबी गरे । उनले शान्ति प्रक्रियाको बाँकी काम हल गर्नको लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले शान्ति सम्झौताको काम बाँकी राखियो भने कुनै पनि बेला युद्धको बेला बम बनाउने सिकेकाले प्रयोग गर्न सक्ने बताए।

उनले भने,‘द्वन्द्वका बेलाका बारुदी सुरुङ र बिस्फोटक पदार्थ घटनाहरूका बाँकी कामहरू अझै छन् । जबसम्म यसको शान्तिपूर्ण अवतरणको आवश्यकता जे छ त्यो अझै बाँकी छ । त्यसलाई अब टुङ्ग्याउनुपर्छ । विशेष गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग छ । यसलाई हामीले दोहोरो मापदण्डले हेछौं । यो राष्ट्र र अन्तर्राष्ट्रिय समस्या पनि हो । साझा सवाल बनाएर द्वन्द्वका घाउरु कोट्याएर रगत आउने बनाउने भन्दा पनि अरू घाउ नपाउनु भन्ने कुरामा सचेत हुनुपर्छ । तब मात्रै हल हुन्छ । जनयुद्धको बेला सरकारी पक्षबाट होस् वा विद्रोही पक्षबाट कोही न कोही प्रभावित छौं । विद्रोही पक्षसँग युद्ध गर्ने हतियारहरू छन् भनेर नै शान्ति सम्झौता भएको हो । शान्ति प्रक्रिया नटुंग्याएसम्म राजनीतिक आवरण दिनेले अवसर पाउँछ । उल्झाउने भन्दा पनि सुल्झाउनतिर लाग्नुपर्छ । शान्ति प्रक्रियाको बाँकी काम हल गर्नको लागि राष्ट्रिय सहमति आवश्यक छ । बाँकी राखियो भने कुनै पनि बेला युद्धको बेला बम बनाउने सिकेकाले प्रयोग गर्न सक्छ । संसद भए पनि बम बनाउने सीप नबिर्सिएको छैन ।’

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले पनि युद्धको बेलाका राज्य पक्ष र द्वन्द्वरत पक्ष भए पनि अहिले दुबै पक्षले राज्य सञ्चालन गरिरहेको बताइन् । उनले दुवैले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट भइरहेको घटना नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले अहिलेको सरकार नै द्वन्द्वरत पक्षको नेतृत्वमा रहेकाले शान्ति प्रक्रियाका बाँकी काम सक्न आवश्यक रहेको बताइन् । उनले द्वन्द्वको बेला बिछ्याएका बारुदी सुरुङ र विस्फोटक पदार्थबाट घाइते भएकाहरूको जीविकोपार्जनको लागि राज्यले गर्नुपर्ने कामको लागि टिआरपी विधेयक आवश्यक नभएको बताइन् ।

उनले भनिन्,‘युद्धको बेलाका राज्य पक्ष र द्वन्द्वरत पक्ष भए पनि अहिले दुबै पक्षले राज्य सञ्चालन गरिरहेको अवस्था छ । अहिले भइरहेको बारुदी सुरुङ र विस्फोटक पदार्थबाट भइरहेको घटना नियन्त्रण गर्न के ले छेकेको छ । थाहा नभएर हो वा थाहा भएर पनि पैसा नभएको हो कि ? पैसा नहुने पक्ष भनेको हुँदैन भन्ने लाग्छ । अहिलेको सरकार नै द्वन्द्वरत पक्षको नेतृत्वमा छ । बारुदी सुरुङ र विस्फोटक पदार्थमा परेर घाइतेहरू १०१ मानिसहरूलाई राज्यले जीविकोपार्जनको लागि के गरेको छ । बारुदी सुरुङ र विस्फोटक पदार्थमा परेर घाइते भए सर्वसाधारण मानिसहरूले टिआरपी विधेयक पर्खिएर बस्नुपर्ने अवस्था छैन । यिनीहरूको संरक्षण र क्षतिपूर्ति के गरिएको छ । त्यो महत्त्वपूर्ण छ ।’

त्यस्तै बैठकमा बोल्दै बारुदी सुरुङ प्रतिबन्ध अभियानता पूर्णशोभा चित्रकारले सरकारले बनाएको बारुदी सुरुङ र विस्फोटक पदार्थ विरुद्धको ऐनको राज्यले पालना नगरेको बताइन् । उनले सर्वसाधारणको लागि ऐन लागू भए पनि राज्यले पालना नगरेको दाबी गर्नुभयो । उनले शान्ति सम्झौतापछि २७ वटा राजनीतिक पार्टीहरूले बारुदी सुरुङ र विस्फोटक पदार्थ नियन्त्रणको लागि सम्झौता पत्रमा हस्ताक्षर भए पनि कार्यान्वयन कसैले नगरेको बताइन् ।

उनले सांसदबाट टिआरपी विधेयक तत्काल पास हुन आवश्यक रहेको भन्दै विधेयकमा पीडितहरूले न्याय पाउने किसिमको हुनुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ