arrow

राष्ट्रिय सभाबाट नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
rastriya-sabha-81-5-6.jpg

काठमाडौँ । राष्ट्रिय सभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
 
उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए । 
 
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री चौरसियाले कानून व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानून प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे । उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे । 

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ