arrow

कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन, सत्ता स्वार्थ भएर : ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
kp-sharma-oli-bhojpur.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् । 

मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । 

उनले कुनै श्राप परेर नेपाल पछि परेको नभई सत्ता स्वार्थ,स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे । 

उनले नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुचि नहुनु र चासो नहुनु रहेको बताउनु भयो ।

उनले भने, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमानदार सरकार बनेन भने जनता र जनताका हितहरूप्रति सरकार जबाफदेही भएन भने देश गरिब हुन्छ । पछाडि पर्छ । कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्म केन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिब हुनुको कारण सत्तासीनहरूको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुचि नहुने, चासो नहुने त्यसकारण हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ